कतारबाट फर्काइएका अधिकांश जुवाडे, अबैध घरपाला रक्सि एबम
अस्वस्थ खानाका अबैध ब्यापारीहरु हुन्, केहि निर्दोष अन्जानमा परेहोलान –कान्तिपुरको
रिपोर्ट ले सत्य लुकाएको छ ।
क्याम्प बाहिर निस्कँदा २५० कामदार कतारबाट फर्काइए भन्ने
समाचार कान्तिपुरले छापेको रहेछ । वैदेशिक मामला रिपोर्टिङ गर्ने पत्रकार ‘होम
कार्की’ को त्यो रिपोर्ट मैले पनि पढेँ । सुन्दै अचम्म
लाग्दो त्यत्रो ठुलो सङ्ख्यामा एकै पटक मान्छे कसरी डिपोर्ट हुन सम्भव छ ? त्यो सम्भव भएकै हो भने पनि त्यसको जवाफ त्यही समाचार भित्र रहेको
देखिन्छ।
खाना बनाउने क्याफ्टेरिया सञ्चालक उद्यमीलाई अचानक समातेर डिपोर्ट गरिएको होमजी को तर्कमा कति सत्यता छ त्यो कान्तिपुरले अब स्पष्ट
पार्नुपर्छ । कतार सरकारको कोरोना बिरुद्दको यत्रो ठुलो प्रचार प्रसार यदि ती
कामदारहरूले थाहा नपाएका हुन् भने त्यो कतार सरकारको कमजोरी हुन सक्दैन । उनीहरूको
कम्पनी व्यवस्थापनले अहिलेको जोखिमको बारेमा आफ्ना कामदारलाई सचेत बनाउन नसक्नु
उनीहरूकै कमजोरी हो ।
अर्को कुरा अहिले सामाजिक सञ्जालबाट र समाचारबाट टाढा या
वञ्चित कोही पनि छैन । कतार सरकारले आप्रवासीहरूको लागि दैनिक दर्जनौँ सूचनाहरू जारी गरेको छ । नेपाल
सरकारको दूतावासले पनि दैनिक जसो सूचना जारी गरेर हामी नेपालीहरूलाई सचेत गराउँदै
आइरहेको छ । सूचनाको अभावले ‘मैले थाहा नै पाइन’ भनेर
अब उन्मुक्ति पाइँदैन, अब थाहा पाउनुपर्छ ।
कान्तिपुरको भाषाको त्यो खाना सप्लाई गर्ने व्यापारी ‘गैह्र
कानुनी’ खाना सप्लाई गर्नेहरू हुन् । कोही पनि दर्तावाला
होटेल साहु लाई कुनै सुपरमार्केटमा किनमेल गर्दागर्दै पक्राउ गरेको कुनै आधिकारिक
सूचना छैन र त्यसो पक्कै भएको पनि छैन । गैह्र कानुनी रूपमा अर्काको देशमा सडक
किनारामा अवैध रक्सी र मासु बेच्ने, दर्जनौं मान्छे भेला भएर खुल्ला ठाउँमा जुवा खेल्ने या नखेले पनि जुवा खालको भिडमा सामेल हुने र त्यसो नगर्न सरकार द्वारा जारी गरिएको
सूचनालाई बेवास्ता गर्ने ‘अटेरी आप्रवासी’ कतारलाई नचाहिनु र उनीहरू डिपोर्टेसनमा पर्नु अचम्म लाग्दो विषय हुन
सक्दैन। हुलमुलमा जाँदा पिसिएका र साँच्चै अन्जानहरुको हकमा सहानुभूति राख्नु बेग्लै कुरा हो तर यो डिपोर्टेसन नै सम्पूर्ण रुपमा गलत थियो भन्न मिल्दैन । अवज्ञा भएको अवस्थामा कानुन आकर्षित हुनु स्वाभाविक मानिनु पर्छ ।
इन्डष्ट्रियल क्षेत्रमा कुनै थोत्रो ट्रक देखे त्यसैमा, कतै
खाली घडेरी देखे त्यही, कतै अलिकति फराकिलो र प्रहरीको नजर नपर्ने ठाउँ भेटे जहा
भेटिन्छ त्यही ‘लंके रक्सी र बोका भेडाको भुटेको भुँडीमासु’ बेच्ने अवैध कार्यलाई
कान्तिपुर जस्तो प्रतिष्ठित पत्रिका र होम कार्की जस्तो अनुभवी पत्रकारले ‘व्यापारी’ भनेर कसरी लेख्न मिल्छ? हो गहुँ पिस्दा घुन परे होलान, केहि दोषीलाई
समात्दा केहि निर्दोष परेहोलान तर कोरोना बिरुद्दको यो युद्दमा हेल्चेक्र्याइ गर्ने
जो कोहि जुनसुकै बेला कारवाहीमा पर्न सक्छ यहि आजको यथार्थ हो ।
नेपालमा बसेर हक अधिकारका ठुला गफ गरेर आप्रवासीहरु
फर्काइएको बिषयमा लेख्दा त्यो 'अन्याय भएको' भनेर लेख्न सकिएला तर सिङ्गो अर्थब्यबस्था
डगमगाउने गरि आइपरेको संकटलाई समेत वास्ता नगरेर लापरवाही गरेको भेटेमा अझै हुल का
हुल मान्छे नेपाल फर्काउने अधिकार उनीहरु संग छ किनकि यो कोरोना बिरुद्दको युद्दको समय हो र सरकारलाई साथ् दिनु हरेक आप्रवासीको दायित्व समेत हो।
अल्हत्तिया तर्फ भिड नगर्नु भन्ने सूचना जारी भएकै थियो ।
अत्यावश्यक नपरी घर बाहिर ननिस्कनु पनि
भनिएकै थियो ती तमाम सूचनाको बेवास्ता गर्दै रोड साइटमा रक्सी पसल थाप्नेलाई
अलफाजा प्रहरीले कसरी माफ गर्न सक्छ ? अलफाजा रेस्क्यु प्रहरी हो, यो आपतकालको सामना गर्न
उसले जस्तोसुकै कठोर निर्णय पनि गर्न पाउँछ । औद्योगिक क्षेत्रमा बस्ने एक लाख भन्दा
माथि कामदार सुरक्षाको हिसाबले उच्च जोखिममा छन् यौटै घरमा हजारौं को संख्यामा मान्छे बस्छन, एकजनाको यस्तै लापरवाहीले एकै मिनेटमा हजारौं संक्रमित बढ्न सक्छन, त्यता तिर ध्यान नदिने, फेसबुक लगायत सामाजिक पोर्टलमा अस्लिल भिडियो खोजेर बस्ने तर सरकारले जारि गरेका संबेदनसिल सुचना 'मैले त थाहै पाइन' भनेर आफुलाई 'भिक्टिम' देखाउन अब सम्भव छैन । तरकारी बजारमा काम गर्ने र
त्यही क्षेत्रमा बस्ने दुई सय पचास सङ्क्रमित भेटिइसके त्यस्तो अवस्थामा नेपाली
हरूबाट भएको त्यो गल्ती सानो थियो भनेर कसरी मान्ने?
डिपोर्टेसनमा परेका सम्पूर्ण नेपाली दाजुभाई दिदीबैनी प्रति
उच्च सहानुभूति ब्यक्त गर्न चाहन्छु तर त्यो हाम्रै गल्ति र हाम्रै कमजोरीको
कारणले भएको हो, अरुलाई दोष दिएर फाइदा छैन, आप्रवासीलाई माया
गर्न उनीहरु ले कुनै कसर बाकीं राखेका छैनन् तर गल्ति गरेको भेटमा उनीहरु कडा रुपमा प्रस्तुत हुन्छन त्यसैले यो निर्णयमा हाम्रो चित्त दुखेपनि यसको कारक तत्व भनेको हाम्रै
ब्यबहार हो –अब हामी सुधारिनु पर्छ !
कर्नेश को छेउछाउ अबैध खाना बेच्नेहरु कती छन् होम जी ? त्यो
खाना खाएर कोहि कसैको मृत्यु भयो भने त्यसरी खाना बेच्नेलाई मृत्युदण्ड को सजाय
भयो भने ? हामीले हेर्दा त त्यो मान्छे ब्यापारी देखिएला र उ अन्यायमा परेको
देखिएला तर न्याय गर्ने ले त कान्तिपुर ले जस्तो सोच्दैन –होइन र ? हो त्यसरी चना
चटपटे नबेच्न, घुमेर मम नबेच्न, अबैध रक्सि नबेच्न, मासु भरिका पतिला बोकेर पुराना
ट्रक मुनि पसल नाथाप्न र जुवा नखेलाउन पनि कान्तिपुर जस्तो जिम्मेवार पत्रिकामा
लेख्दिने कष्ट गर्नुहुन्छ की ?
दुर्गा पंगेनी
2 comments:
Superb dada. Agreed with you
कुरो गलत होईन एकदम मनासिब छ।हामी नेपाली रोजिरोटि कै लागि र भविष्यमा आउने पुस्ता र अलि कता बुढा हुँदा केही राहतका लागि प्रवास मा लागि रहँदा ।कतिपय नेपाली बङगाली हरु को सिको गर्दै गुन्डागर्दी गर्दै न चाहिने कार्य गरेको पक्कै पनि छन।हो अगि केही लेख मा भनिए झै मकै पिन्दा घुन पिस्नु स्वभाविक भए पनि नेपाल् मा समेत त्यति सुरक्षीत दिन सकिदैन ।जति हामी लाई अहिले कतार् सरकार का स्वस्थ्य मन्त्रालय ले होस वा कतार सरकारले होस।यदि हामी नेपाल् भित्रमा भएको भए यति स्वास्थ को ख्याल गर्ने वातावरण हुन्नथ्यो ।यो मेरो भोगाई र हगिकत मा जुन अहिके यति खेर मैले भोगी रहेको छु।जुन देश मा बस्नुस तर त्यो देश को कानुन लाई पनि सम्मानित र अनुशासन मा बसौं भन्न चाहन्छु ।मेरो भनाई हो अरु के भन्छ थाहा भएन मलाई कतार् सरकारले रोजि रोटी देको छ ।म सलाम गर्छु।।धन्यवाद
Post a Comment