लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाको दोश्रो अधिबेशन
उद्घाटन गर्दै प्रमुख अतिथि गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, गल्फ
उपसंयोजक श्री प्रबिण गुरुङ ज्यु लगायत हाम्रो कार्यक्रममा शुभकामना मन्तब्य
ब्यक्त गर्दै कतारमा रहनुभएका बिशिष्ट सामाजिक अभियन्ता ज्यु हरु ।
दोहा कतार ।
मध्यपूर्वको देश कतारमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत
प्रतिष्ठान कतार शाखाको दोस्रो अधिवेशन भव्य रूपमा समपन्न भएको छ । लाली गुराँस
रेस्टुरेन्टको सभाहलमा प्रतिष्ठानका का.वा. अध्यक्ष शक्ति क्षेत्री तथा गैह्र
आवासीय नेपाली सङ्घ मध्यपूर्व उप-संयोजक प्रवीण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न
भएको हो ।
दोहा कतारमा स्थापित सामाजिक, वैचारिक, जातीय/सामुदायिक सॉस्कृतिक लगायतका संस्थाहरूका संस्था प्रमुख तथा
प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यवसायी बुद्दिजिवि, समाजसेवी लगायत संस्थाका पदाधिकारीहरू सहित साधारण सदस्य लगायत
सहभागीहरूको बाक्लो उपस्थिति रहेको थियो
। मैन बत्ती बालेर बिधिबत उद्घाटन गरिएको
कार्यक्रममा प्रतिष्ठान कतार शाखाकी महिला उपाध्यक्ष नानु घलेले स्वागत मन्तव्य
राखेकी थिइन भने कलाकार लक्ष्मी गिरीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन ।
सचिवालय सदस्य तिलु शर्मा पौडेलले संस्थागत कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए
।
विभिन्न कलाकारहरूले साङ्गीतिक
प्रस्तुति समेत राखेको कार्यक्रममा शुभकामना दिने वक्ताहरूले प्रवासमा
खोलिएका संस्थाहरूले एकै किसिमका कार्यहरू गर्ने गरेको पाइएको तर प्रतिष्ठानले
देशको संस्कार संस्कृति बोकेर हिँडेको हुदॉ कहीँ कतै नचुक्न सुझाव दिँदै अधिवेशन
सफलताको शुभकामना व्यक्त गरेका थिए ।
२०१७-१९ कार्यकालको आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष इमान
सिंह ठकुरीले पेस गरेका थिए । आफू पनि गीत सङ्गीतकै क्षेत्रमा रहेर कार्य गरिरहेको
हुदॉ यस संस्थालाई आफूले हरेक क्षेत्रबाट सक्दो सहयोग गर्ने बचनबद्दता प्रमुख
अतिथि गुरुङले गरेका थिए । पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति क्षेत्रीले
अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अधिवेशन बन्द सत्रमा प्रवेश
गरेको घोषणा गरेका थिए ।
बन्द सत्रले आगामी २०१९-२१ कार्यकालका लागि शक्ति क्षेत्रीको
अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । जसको प्रथम उपाध्यक्ष
शिवराम ढकाल, दित्तिय उपाध्यक्ष इमान सिंह ठकुरी, महिला उपाध्यक्ष
नानु घले, सचिव तिलु शर्मा पौडेल, सह सचिव
रघु नाथ शर्मा, महिला सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष लेखनाथ रिमाल, सह कोषाध्यक्ष रिदिसा
चापागाईँ रहेका छन् त्यस्तै महिला सदस्यमा मेनुका खतिवडा, लक्ष्मी
गिरी र सदस्यहरूमा क्रमशः कृष्ण प्रसाद ढकाल, प्रेम ब गुरुङ, विकास लामिछाने, दामोदर भुसाल, धनश्याम तिवारी, दीपेन्द्र सुनार सहेका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक रामहरि गैह्रेले पद
तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । "हाम्रो अभियान, लोक
संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको
प्रोत्साहन" भन्ने मूल नारा लिएर प्रतिष्ठान सामाजिक संस्थाको रूपमा २०५८
सालमा स्थापित भएको हो ।
No comments:
Post a Comment