चैत्र २८ , ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै
गरेका तीर्थयात्री चढेको दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ
। घाइते १९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा
काठमाडौं नैकापका इश्वरी थापा, मैया वुढाथोकी, गीता दवाडी, रेनु श्रेष्ठ र
बनेपाकी गीता थापा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शव
जिल्ला अस्पतालमा राखिएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई
उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ ।
त्यसका लागि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले
समन्वय गरेको छ । डाक्टर अनिल चौधरीका अनुसार घाइतेमध्ये दुई जनाको छातीमा
चोट भएकाले उनीहरुलाई छ घण्टा सम्ममा सुविधा सम्पन्न अस्पताल पुर्याउनु
पर्ने अवस्था छ । प्रहरीका अनुसार मे १ त २१०० नम्वरको ट्याक्टर सडकवाट ३
सय मिटर तल झरेको थियो । घाइतेहरुलाई नेपाली सेना, प्रहरी र स्थानियवासीले
उद्धार गरेका थिए । काठमाडौंबाट बस रिजर्भगरी आएका ३६ जना दर्शनार्थी
दुर्घटनामा परेका थिए । ट्याक्टर रोकेर चालक शौच गर्न वाहिर गएको वेला
ट्याक्टर झरेको ट्याक्टरमा सवार दर्शनार्थी तारा वुढाथोकीले वताए ।
ट्याक्टर झरेपछि तीन जनाले हामफालेर ज्यान वचाएका छन् ।
ट्याक्टर चालक भिम वहादुर शेर्पा फरार छन् ।
ट्याक्टर चालक भिम वहादुर शेर्पा फरार छन् ।
No comments:
Post a Comment