Sunday, March 24, 2024
Thursday, February 10, 2022
र, मैले आज अचानक मनेलाई सम्झिएँ ।
स्याङ्जा,
आँधिखोला को सेरोफेरो, पहाडबाट गडगडाहटका साथ
बगेर आँधिखोला भेट्न आइपुग्ने खहरेहरू । आँधिखोला को किनारको त्यो फाँट र त्यो
फाँटमा बयली खेल्ने धानका बाला । त्यही धान खेतमा मेलापात गर्ने, घाँस काट्ने र दैनन्दिन चलायमान गराउने मैले
चिनेकी एक जना भाउजू हुन् ‘मथुरा’ ।
मेरो यौटै स्कुलमा पढ्ने साथी मन प्रसाद ‘मने’ कि सहोदर भाउजू हेर्दा बिछट्ट राम्री ती भाउजू
आइए सम्म पढेकी मान्छे हुन् ।
त्यो समयमा म जत्रै या मेरै उमेरको केटो हो मने । म स्कुलमा
चार कक्षामा भर्ना हुँदा मने पाँचमा पढ्थ्यो । अगाडी पट्टि लरक्क पारेको कपाल थियो
मनेको । पछाडि पट्टि कुखुराको पुच्छर जस्तो कपाल लामो राखेर हिरो स्टाइलमा जुल्फी
हल्लाउँदै स्कुल आउँथ्यो मने । घर नजिकै स्कुल भएको कारण उसले झोला ल्याउँथेन ।
हातमै किताब बोकेर स्कुल आउँथ्यो उ। हाम्रो पनि घर नजिकै भएको भए त हातमै किताब
ल्याउन पाइन्थ्यो झोला बोक्ने झन्झट गर्न पर्थेन । अर्को ईर्ष्या गर्ने कुरा यही
थियो मनेको ।
मनेका बा आमाका दुई भाइ छोरा मात्र थिए छोरी थिएनन् । जेठो
छोरा अलि ठुलै भैसकेको भारत तिर काम गर्थ्यो । मनेको दाइ दिल्लीको लाहुरे थियो ।
दाइ लाहुरे थियो त्यसैले अहिले मने, मनेकी भाउजू र बा आमा
गरेर चार प्राणी त्यो घरमा बस्दथे । मानेकी भाउजू निकै राम्री थिइन । हाम्रो स्कुल
नजिकै रहेको आँधिखोला किनारको गौ चरनमा उनीहरू बस्तुभाउ चराउन आउँथे । हामी
स्कुलबाट फर्कँदा कहिले मनेकी भाउजू आँधी खोलामा लुगा धोइरहेकी हुन्थिन कहिले
त्यतै खोला किनारको खेतमा धान गोडिरहेकी हुन्थिन । जे होस् दैनिक जसो मनेकी
भाउजूलाई देख्न पाइन्थ्यो । भाउजू ले अपार माया गर्थिन मनेलाई ।
माने सानै थियो । पाँच कक्षामा पढ्ने मनेको होमवर्क गर्न पनि
भाउजूले सिकाउँथिन त्यसैले होमवर्क नगरेर माने ले कहिल्यै मास्टरको कुटाइ खानु
पर्दैनथ्यो । हामीलाई पढाउने सरहरू भन्दा मनेकी भाउजूले धेरै पढेको हल्ला थियो
त्यो कुरामा मने सधैँ घमन्ड गर्दथ्यो ।
पढाइमा इमानदार र घरमा पढ्न सिकाउने मान्छे भएपछि मनेको पढाइ
राम्रो थियो । रिजल्टमा पनि राम्रै नम्बर ल्याएर पास हुन्थ्यो ।
आमा सँग भन्दा भाउजू सँग डुलिरहन्थ्यो मने । बिदाको दिन खेत
खलियान, पाखो
बारी खरवारि या बस्तुभाउ चराउने काममा होस् या आँधिखोलामा भाउजूले लुगा धुँदा होस्
उ भाउजू सँगै हुन्थ्यो । बेलुका भाउजू घरधन्दा मा लागिरहँदा उ पढिरहेको हुन्थ्यो यस्तैमा
कहिलेकाहीँ उ भाउजूकै ओछ्यानमा निदाइदिन्थ्यो । बडो सकस सँग उचालेर अर्को ओछ्यानमा
सुताउँथिन भाउजूले ।
मानेका दाइ इन्डियाबाट बेला बेला बिदामा आइरहन्थे । यो दसैँमा
पनि मानेका दाइ आए यस पटक उसको नयाँ घर बन्यो ।
टिनको चम्किलो छानो भएको मनेको घर तयार हुँदा म छ कक्षामा
पढ्थेँ मने सातमा पढ्थ्यो । घरमा भुईँ तलामा दुइटा कोठा थिए । एउटा कोठामा
भान्छा थियो र अर्को कोठामा बा आमा सुत्थे । माझी तलामा तिन वटा कोठा थिए ।
बार्दलीको बाटो भएर बाँके बनाएको कोठामा जाने गरी बनाएको थियो । त्यो कोठा दाइ
भाउजूको थियो । मेरो हात समातेर यसरी मनले घरको कोठा चोटा चाहर्दै देखाएको थियो ।
माझकै तलामा मनेलाई पनि बेग्लै कोठा बनाइदिएका रहेछन् । उसको
कोठामा दराज थियो पढ्ने टेबल पनि बनाइदिएका थिए । उ कोठामा भन्दा बार्दलीमा बस्न
रमाउँथ्यो । टहटह लागेको जुनको किरणमा सलल बगेको आँधिखोला र जुनेलीमा चम्किरहेको
बगर हेरेर मक्ख पर्थ्यो मने । घरको सबै भन्दा माथिल्लो तलामा अन्नपात भण्डारण
गर्ने ठाउँ छुट्टाइएको थियो ।
बार्दलीमा बसेर पढ्थ्यो मने । भाउजूले राम्रो सँग पढाउँथिन ।
आइए पास गर्नुभाछ हाम्री भाउजू ले.. मनेले गर्व साथ सुनाउँथ्यो । हरि सर त जम्मा
एसेल्सी ..मनेकी भाउजू सर भन्दा धेरै पढेकी ! आहा हाम्री पनि त्यस्तै सिपालु भाउजू
भएकी भए भन्ने मलाइ पनि लाग्थ्यो ।
समय बित्दै गयो समय सँगै आँधिखोलामा पानी पनि निकै बग्दै गयो
। निमावि सम्मको हाम्रो त्यो स्कुलको पढाइ सकियो । म अर्कै स्कुलमा आठ कक्षा पढ्न
गएँ । मने अघिल्लै वर्ष आठ पढ्न अर्कै स्कुल गइसकेको थियो । त्यसपछि भने मने सँग
मेरो भेटघाट भएन । स्कुलका साथीहरू स्मृतिमा मात्र रहेका थिए ।
मैले नौ कक्षामा पढ्दा हाम्रो गाउँमा, स्कुलमा, बाटोघाटो र पँधेरामा एउटा हल्ला फैलियो । “देवर
भाउजू बिग्रेको” त्यो खबर सुख्खा याम को डढेलो जसरी फैलिएको
थियो । जहाँ जो दुई जना उभिएका छन् त्यही बारेमा नै कुरा गरिरहेका थिए । “भाउजूले आफ्नै छोरो जत्रै बालख देवरको पेट बोकी अरे” हल्लाको सार यत्ति थियो ।
सुरुमा गाईं-गाईं गुईं गुईं गरेको
सुनियो । पछि लौ घरबाट निकाले अरे भन्ने हल्ला फैलियो । त्यो समयमा मने दशमा
पढ्थ्यो । हाम्रो स्कुल फरक थियो ।
भएछ के भने छेउ पट्टिको कोठामा मनेकी भाउजू सुत्ने गर्थिन
भाउजूको कोठाको ठ्याक्कै बाहिर बार्दलीमा मने पढ्न बस्दथ्यो । भाउजू आइए पास
मने भर्खर दसमा पढ्दै गरेको । अहिले पनि हिसाब भूगोल र इतिहासमा मनेलाई भाउजूले नै
सहयोग गर्थिन ।
पहिला जस्तै अहिले पनि पढ्दा पढ्दै मने भाउजूकै ओछ्यानमा
निदाईदिन्थ्यो । पाँच या छ कक्षामा पढ्दा जस्तो भाउजूले उसलाई उचालेर अर्को
ओछ्यानमा सार्न सक्थिनन् । त्यहाँ कुनै आकर्षण को विकास भएको थियो या त्यो सामीप्यता को दुरुपयोग
भएको थियो या अन्य केही परिबन्द थियो मैले आङ्कलन गर्न सक्दिन । मने ले भाउजू लाई “आमा सरह” देख्न सकेन या भाउजूले मने लाई “छोरा सरह” व्यवहार गर्न सकिनन् र यो परिस्थिति उत्पन्न भयो होला-अहिले म एकान्तमा बसेर कल्पना गरिरहन्छु ।
बाल्यकालमै व्यवहारिकताको बोझले थिचिएको मने अहिले कहाँ होला, के गर्दै होला,
मथुरा भाउजू र मने सँगसँगै होलान् कि अलग भए होलान् ? बापतिको आरोपमा सात डाँडा कटाइएका उनीहरू फेरी फर्केर आँधी खोला को सेरोफेरोमा आउन पाए होलान् कि अझै सम्म पनि उनीहरूलाई घर फर्कन बन्देज
नै होला? यस्तै यस्तै प्रश्न मनमा खेलिरहे..
र, मैले आज अचानक मनेलाई सम्झिएँ ।
फोटो-इन्टरनेट (काल्पनिक)
Wednesday, August 4, 2021
कलाकार दुर्गेश थापा बहिस्कारको हल्ला र सत्य
अहिले बजारमा यौटा हल्ला व्याप्त छ, दुर्गेश
थापालाई बहिस्कार गर्यो प्रतिष्ठानले भन्ने हल्ला । कलाकार दुर्गेश थापालाई
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिले आफ्नो
विधानको अधीनमा रही कारबाही गरेको हो । कारबाहीमा ‘बहिस्कार’ गर्ने कुरा कतै उल्लेख छैन र संस्थाको विधानमा कसैलाई बहिस्कार गर्न
मिल्ने भनेर उल्लेख गरेको पनि छैन । त्यसैले दुर्गेश थापालाई प्रतिष्ठानले
बहिस्कार गर्न मिल्दैन पनि ।
सत्य कुरा के हो भने दुर्गेश थापाले पटक पटक
संस्थालाई अनादर गरेपछि (आरोपहरु), संस्थाका अनुरोधहरू लाई
तिरस्कार गरेपछि र संस्थागत निर्णयहरू लाई लत्त्याएपछि संस्थाले उनले ग्रहण गरेको
आफ्नो ‘आजीवन सदस्यता’ फिर्ता
लिएको मात्र हो । सदस्यता फिर्ता सँगै अब दुर्गेश थापा सँग संस्थाले ‘संस्थागत सहकार्य’ गर्नेछैन –यो कारबाहीको अर्को पाटो हो । संस्थागत सहकार्य हुनको लागि संस्था प्रतिको
इमानदारिता पनि प्रस्ट हुनुपर्छ जुन कलाकार थापामा देखिएन त्यसैले अब थापा सँग
संस्थाले सहकार्य गर्नेछैन –निर्णयको सार यत्ति हो ।
संस्थागत सहकार्य भन्नाले कस्ता कुराहरू
पर्लान् ? अथवा संस्थाबाट हुने सहयोग रोक्का भन्नाले कस्ता कस्ता सहयोग रोकिने हुन् ? यी विषयहरू प्रस्ट हुनु पर्दछ । जस्तै संस्थाले अहिले विदेशमा हुने
सांस्कृतिक कार्यक्रम को लागि भिसा प्राप्त गर्ने सहयोगी कागजपत्र ‘आबद्धता प्रमाणपत्र’ प्रदान गर्ने गरेको छ ।
संस्थाको पत्रलाई दूतावासहरूले विश्वास गरेर भिसा प्रदान गर्ने गरेको सबैलाई अवगत
नै छ । अब विदेश यात्रा गर्दा दुर्गेश थापाले संस्थामा आबद्ध रहेको
प्रमाणपत्र पाउनेछैनन् । यो सामान्य कुरा हो प्रतिष्ठान को पत्र बेगर भिसा नै
नपाउने भन्ने होइन, एक किसिमको सपोर्टिंग डकुमेन्ट कम
हुने मात्र हो ।
प्रतिष्ठानको पत्र बेगर पनि धेरै कलाकारले
विदेश यात्रा गर्ने गर्दछन् त्यो सहयोग रोक्का उनको लागि ठुलो विषय पनि हुँदैन
होला किनभने उनले पटक पटक ‘आफू लोक कलाकार नभएको’ जिकिर गरिसकेका छन् र
संस्था सँग कुनै लेनदेन या सम्बन्ध नभएकोले संस्थाले आफूलाई निर्देशन दिन नमिल्ने
पनि बताउँदै आइरहेका छन् । यो संस्थाले आफू मातहत रहेका कलाकारले गरेको अनुशासन
विपरीतका कामको लागि दिएको दण्ड भन्दा पनि दण्ड दिन नपरोस् भनेर संस्थाबाट बाहिर
पठाएको विषय मात्र जस्तो हो । किनभने सदस्यता निलम्बन बाहेक अन्य कारबाही गर्ने
कानुनी अधिकार प्रतिष्ठानको विधानमा उल्लेख छैन र विधान बाहिर गएर गरेको कारबाही
कार्यान्वयन हुने सम्भावना देखिँदैन।
अब चर्चा गरौँ बहिस्कारको बारेमा – ‘यो
बहिस्कार भन्ने शब्द आम बोलीचालीको भाषामा भन्दा भारतीय पञ्चायतले फैसला गर्ने ‘हुक्का पानी बन्द’ जस्तो होइन र संस्थाले
त्यस्तो निर्णय गर्न पनि मिल्दैन । अहिले हुक्का पानी बन्दको निर्णय आएजस्तै हल्ला
चलाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि भित्री कुरा नबुझी प्रतिक्रिया
दिइहाल्ने गरेको देख्न पाइन्छ ।
अहिलेको जमानामा कसैलाई कसैले बहिस्कार गर्ने
भन्ने प्रश्नै आउँदैन । प्रतिष्ठानले गरेको निर्णय भनेको ‘संस्थागत
सहकार्य गरिने छैन’ भन्ने मात्र हो । कसैलाई ‘व्यक्तिगत सहकार्य गर्न बाट रोक लगाउने अधिकार’ प्रतिष्ठान सँग छैन पनि । हरेक कलाकार स्वतन्त्र छन् र आफूले चाहेको
कलाकार सँग सहकार्य गर्न पाउँछन् त्यसमा संस्थाले रोक लगाउने या दुर्गेश सँग
सहकार्य गर्नेलाई पनि कारबाही गर्ने भन्ने होइन । यहाँ सम्ममा कि प्रतिष्ठानले
दुर्गेश सँग सहकार्य नगर्नु भनेर आफ्ना सदस्यहरूलाई निर्देशन दिएको पनि छैन र
त्यसो गर्दैन पनि ।
‘संस्थागत सहकार्य नगर्ने’ निर्णयलाई ‘बहिस्कार गरेको भनेर जसरी कुरा
बजारमा आएको छ त्यो शब्द चयनमा गल्ती भएको हो । प्रतिष्ठानका आफ्ना औपचारिक
कार्यक्रमहरू हुन्छन् । दोहोरी गीत प्रतियोगिताहरू, सांस्कृतिक
कार्यक्रमहरू, झाँकीहरू अनि अन्य औपचारिक र नियमित
कार्यक्रमहरू हुन्छन् । जस्तै चर्चित र प्रतिष्ठित कलाकारलाई त्यस्ता
कार्यक्रमहरूमा निमन्त्रणा गरिन्छ अतिथि बनाइन्छ अब दुर्गेश थापालाई त्यस्ता
औपचारिक कार्यक्रमहरूमा निम्त्याइने छैन ।
दोहोरी प्रतियोगिताहरूमा पाहुना निर्णायकको
रूपमा कलाकारहरू उपस्थित भएर आफ्ना बिचार राख्ने परम्परा छ त्यस्ता ठाउँमा पनि
थापालाई बोलाइने छैन । प्रतिष्ठानले वार्षिक रूपमा अवार्ड कार्यक्रम गर्दै आइरहेको
छ । अब दुर्गेश थापा खेलेका भिडियोहरू त्यो अवार्ड कार्यक्रममा समावेश हुने छैनन्
। प्रतिष्ठानले भविष्यमा बनाउने श्रव्य दृश्य सामाग्रीमा उनलाई समावेश गरिने छैन ।
लोक कलाकार बिचमा विवाद हुँदा या कुनै
सिर्जना मा प्रतिलिपि अधिकारको बारे विवाद हुँदा प्रहरीकहाँ या प्रतिलिपि रजिस्टार
कार्यालयमा मुद्दा किनाराको लागि छलफल हुँदा प्रतिष्ठानलाई मध्यस्थताको लागि
बोलाउने या राय लिने सामान्य प्रचलन छ त्यहाँ प्रतिष्ठानबाट तोकिएको प्रतिनिधि गएर
मुद्दा मिलाउन सहयोग गर्ने या राय व्यक्त गर्ने सामान्य प्रचलन छ त्यसबाट कलाकारले
राहत महसुस गरेको पनि हामीले अनुभव गरेका छौँ तर अब दुर्गेश थापाका आगामी विवादहरू समाधान गर्न प्रतिष्ठानले औपचारिक उपस्थिति जनाउने छैन ।
कलाकार बिमारी हुँदा सानै भए पनि आर्थिक
अवस्था कमजोर भएका कलाकारलाई प्रतिष्ठानको ‘कलाकार कल्याणकारी कोष’ ले सहयोग गर्दै आइरहेको छ । एकदमै निम्न आय भएका कलाकारहरूलाई सानै भए पनि
भरथेग हुने गरेको छ । दुर्गेश थापालाई प्रतिष्ठानको त्यो सानो सहयोग को आवश्यक
पर्ने अवस्था आइ नपर्ला तर संस्थागत सहयोग र सहकार्य नहुने कुरा यहाँ पनि लागु
हुन्छ ।
अब राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
नेपाल र कलाकार दुर्गेश थापा बिच यी माथिका तमाम सहकार्यहरू अर्को निर्णय
नभएसम्म हुनेछैनन् । अर्को निर्णय भन्नाले यो मुद्दाको पुनरावलोकन नहुने
भन्ने हुँदैन । अहिले अनुशासन समितिको सिफारिसको आधारमा केन्द्रीय कार्यसमितिले
गरेको निर्णय हो यो । दुर्गेश थापाले अझै पनि आफ्ना कुरा राख्न र संस्थाको
दृष्टिकोणमा गलत ठहरिएका कुराहरू सुधार्न या आत्मालोचना गर्न चाहेमा संस्थाले
आफ्नो निर्णयमा पुनरावलोकन गर्न नसक्ने भन्ने हुँदैन । संस्था सबैको साझा हो र
हिजो न अटाएका मान्छेहरू आज संस्था भित्र छन् आज न अटाएकाहरू भोलि संस्था भित्र
हुनेछन् ।
राष्ट्रिय लोक तथा दोहोरी
गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका सदस्य दुर्गा पंगेनीको निजी विचार
साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यसमितिले जारी गरेको विज्ञप्ति
Monday, May 17, 2021
How to fill tax form in AdSense (W-8BEN)?
मे ३१ तारीक आइसक्यो, गुगल एड्सेंस बाट रिभेन्यु लिईसकेका या लिने तरखरमा रहनुभएका सबै गुगल पार्टनरहरु ले अमेरिकी सरकार लाइ तिर्नुपर्ने ट्याक्स फाईल कसरी भर्ने भन्ने जानकारी यहाँ मैले केहि स्न्याप्सर्ट हरुमा दिने प्रयास गरेको छु राम्रो संग हेरेर आफ्नो ट्याक्स फाईल आफै भर्न सिक्नुहुने छ भन्ने अपेक्षा गर्दछु ।
पहिलो पेजमा आफ्नो एड्सेंस इन्डीभिजुअल हो कि बिजनेस हो त्यो सेलेक्ट गर्नुस
(प्राय इन्डीभिजुअल नै हुन्छन)
-तपाई अमेरिकी नागरीक या स्थाई बसोवास गर्ने मान्छे हो? भनेर सोधेको ठाउ मा ‘नो’
मा क्लिक गर्नुस
-त्यो भन्दा मुनि दुईटा ट्याक्स फारम हरु छन् तपाइले माथिल्लो (W-8BEN)
सेलेक्ट गर्नुस
-त्यसको तल (START W-8BEN FORM) भन्ने स्विच छ निलो रंगको त्यसमा क्लिक गरेर
अगाडी बढ्नुस
Sunday, May 9, 2021
नुवाकोट में जन्मी रश्मि ने गोरखा जिले के अनिल राणा मागर के साथ विवाह किया है। अनिल एक सामान्य व्यवसायी हैं और रश्मि अपने कलात्मक करियर को जारी रखे हुए हैं।
वह कुछ समय से संयुक्त राज्य अमेरिका में रह रही हैं, अपने कलात्मक करियर से अवकाश ले रही हैं। उनके कई गाने दोहराए गए हैं। अनिल और रश्मि कुछ ही दिनों में अमेरिका चले जाएंगे, रश्मि के पारिवारिक सूत्रों ने लालिगुरन के डॉट कॉम को सूचित किया है।
एक तस्वीर सार्वजनिक होने के बाद रश्मि ने जो गाँठ बाँधी है वह सार्वजनिक हुई थी। उनके गाँठ बाँधने के बाद, उनकी किस्मत चाहने वाले कलाकारों की संख्या में वृद्धि हुई है।
अंतरजातीय विवाह करने वाली रश्मि ने कहा कि उसने अपने परिवार से सलाह करने के बाद शादी की। उसने हमें बताया कि उसने अनिल से अच्छे और अच्छे स्वभाव में मिलने के बाद शादी की। अनिल ने भी रश्मि को पसंद किया।
वीडियो देखने के लिए नीचे फोटो पर क्लिक करें
Wednesday, May 5, 2021
अध्याय 1 का श्लोक 41
अधर्माभिभवात्, कृष्ण,
प्रदुष्यन्ति, कुलस्त्रिायः,
स्त्राीषु, दुष्टासु, वाष्र्णेय,
जायते, वर्णसंकरः।।41।।
अनुवाद: हे कृष्ण! पाप के अधिक बढ़ जाने से कुल की स्त्रिायाँ अत्यन्त दूषित हो
जाती हैं और हे वाष्र्णेंय! स्त्रिायों के दूषित चरित्र वाली हो जाने पर वर्णसंकर
संतान उत्पन्न होती है। (41)
अध्याय 1का श्लोक 42
संकरः, नरकाय,
एव, कुलघ्नानाम्, कुलस्य,
च,
पतन्ति, पितरः, हि,
एषाम्, लुप्तपिण्डोदकक्रियाः।।42।।
अनुवाद: वर्णसंकर कुल घातियों को और कुल को नरक में ले जाने के लिये ही होता
है गुप्त शारीरिक विलास जो नर-मादा के बीज और रज रूप जल की क्रिया से इनके वंश भी
अधोगति को प्राप्त होते हैं। (42)
अध्याय 1 का श्लोक 43
दोषैः, एतैः, कुलघ्नानाम्, वर्णसंकरकारकैः,
उत्साद्यन्ते, जातिधर्माः, कुलधर्माः, च, शाश्वताः।।43।।
अनुवाद: इन वर्ण संकरकारक दोषों से कुलघातियों के सनातन कुल-धर्म और जाति-
धर्म नष्ट हो जाते हैं। (43)
अध्याय 1 का श्लोक 44
उत्सन्नकुलधर्माणाम्, मनुष्याणाम्,
जनार्दन,
नरके, अनियतम्, वासः,
भवति, इति, अनुशुश्रुम।।44।।
अनुवाद: हे जनार्दन! जिनका कुल-धर्म नष्ट हो गया है ऐसे मनुष्यों का अनिश्चित
काल तक नरक में वास होता है ऐसा हम (अनुशुश्रुम) सुनते आये हैं। (44)
अध्याय 1 का श्लोक 45
अहो, बत, महत्, पापम्, कर्तुम्, व्यवसिताः, वयम्,
यत्, राज्यसुखलोभेन, हन्तुम्,
स्वजनम्, उद्यताः।।45।।
अनुवाद: हा! शोक! हम लोग बुद्धिमान् होकर भी महान् पाप करने को तैयार हो गये
हैं जो राज्य और सुख के लोभ से स्वजनों को मारने के लिये उद्यत हो गये हैं। (45)
अध्याय 1 का श्लोक 46
यदि, माम्, अप्रतीकारम्, अशस्त्राम्, शस्त्रापाणयः,
धार्तराष्ट्राः, रणे, हन्युः,
तत्, मे, क्षेमतरम्,
भवेत्।।46।।
अनुवाद: यदि मुझ शस्त्र रहित एवं सामना न करने वाले को शस्त्र हाथ में लिये
हुए धृतराष्ट्र के पुत्र रण में मार डालें तो वह मरना भी मेरे लिये अधिक
कल्याण-कारक होगा। (46)
अध्याय 1का श्लोक 47
एवम्, उक्त्वा,
अर्जुनः, सङ्ख्ये, रथोपस्थे,
उपाविशत्,
विसृज्य, सशरम्, चापम्,
शोकसंविग्नमानसः।।47।।
अनुवाद: रणभूमि में शोक से उद्विग्न मनवाला अर्जुन इस प्रकार कहकर बाणसहित
धनुष को त्यागकर रथ के पिछले भाग में बैठ गया। (47)
Thursday, February 18, 2021
हास्य रस मिसाएर गरिने आलोचनात्मक भिडियो हरूलाई रोस्ट भिडियो भन्ने चलन छ
हास्य भिडियो या नि हास्य रस मिसाएर
गरिने आलोचनात्मक भिडियो हरूलाई रोस्ट भिडियो भन्ने चलन छ । कुनै पनि सिनेमा
म्युजिक भिडियो या कुनै पनि चिज माथि गरिने व्यङ्ग्यात्मक आलोचना नै रोस्ट हो । यो
चलनको सुरुवात अमेरिकन हरूले गरेका थिए । बेलायत चाइना भारत हुँदै यो प्रचलन संसार
भरि नै फैलिई सकेको छ । मनोरञ्जनको क्षेत्रमा अहिले आएर रोस्टिंग अपरिहार्य जस्तै
भैसकेको छ ।
सामान्य कार्यक्रम सञ्चालक लाई होस्ट
भनेझैँ आलोचनात्मक व्यङ्ग्य गरेर भिडियो बनाउने मान्छे लाई ‘रोस्टमास्टर’ भन्ने चलन छ । भारतमा त रोस्ट को प्रभाव यस्तो सम्म छ कि ठुलो
लगानीका सिनेमा मेकरहरूले लोकप्रिय रोस्ट रोस्टमास्टरलाई आफ्नो सिनेमा को
रोस्ट गर्न लगाउँछन् । पैसा तिरेर नै रोस्ट गराउने प्रचलन पनि छ । सिनेमा समालोचक
पत्रकारहरू पनि अहिले रोस्ट गरिरहेको भेटिन्छन् । एकजना प्रख्यात सिने आलोचक छन्
भारतमा केआरके भन्ने । उनले सिनेमा माथि आलोचना गर्ने क्रममा कडा खाले रोस्ट
गरिरहेका हुन्छन् ।
रोस्ट मात्रै गर्ने ठुला टेलिभिजन
कार्यक्रम पनि सञ्चालनमा आएर निकै लोकप्रिय भएका थिए । कलर्स टिभीमा आउने ‘कमेडी नाइट बचाओ’
मा भारती सिहं र कृष्ण अभिषेक लगायत कलाकारहरूले कलाकारलाई पाहुनाको
रूपमा बोलाएर उनीहरूकै अगाडी उनीहरूका कमजोरीहरू छताछुल्ल पारेर उनीहरूको आलोचना
गर्ने गर्दथे –त्यसलाई ‘खुट्टा तान्ने
या हिन्दीमा ‘टाङ खिचाई’ गर्ने भन्ने
चलन रहेको देख्न सकिन्छ –त्यो कार्यक्रम बन्द भए पनि युट्युब
मा त्यो भिडियोहरू प्रशस्त देख्न सकिन्छ –त्यसरी टाङ खिचाईमा
परेका कलाकारहरू कोही पनि रिसाउने या कसैले पनि अपमानित भएको महसुस गर्दैनन् सबैले
हाँसेर आफ्ना कमजोरीहरू स्विकार्छन् र मनोरञ्जन गर्छन् !
हिन्दी सिनेमा जगतमा वितरण गरिने
दर्जनौँ ठुला अवार्ड कार्यक्रमहरूमा यौटा मुख्य सेग्मेंट नै रोस्ट को राखिएको
हुन्छ । फ्लप भएका सिनेमाहरूको बारेमा, फ्लप हिरो या हिरोनिको बारेमा, डुबेको लगानीको बारेमा अथवा आशा अनुरूप बक्स अफिस कलेक्सनमा सफल नभएका
फिल्म र त्यो फिल्म सँग सम्बन्धित सबैलाई रोस्ट गर्ने चलन छ । अभिषेक बच्चनको पहिलो फिल्म रिफ्युजी लाई पब्लिकले रिफ्युज गरेको भनेर
रितेस देशमुख गरेको रोस्टका क्लिपहरू अहिले त्यो फिल्म रिलिजको एक्काइस वर्ष पछाडि
पनि त्यो फिल्म को रोस्ट हुन छोडेको छैन र ति क्लिपहरु हिट भएका छन् । रितेसले त्यसो भनिरहँदा अभिषेक बच्चनले
हाँसेरै प्रतिक्रिया दिएको देख्न सकिन्छ –त्यो उनीहरूको
आलोचनात्मक चेतको कुरा हो । कुन कुरा साधारण आलोचना हो
र कुन ह्युमर हो भनेर छुट्याउन सक्ने चेत को विकास उनीहरूमा भएको देख्न सकिन्छ ।
त्यति मात्र होइन क्यारिकेचर या
मिमिक्रिको नाममा अमिर खान र साहरुख खान अनि अमिताभ बच्चन समेत लाई छोड्दैनन्
भारतीय रोस्टरहरू । अहिले युट्युब मा रोस्ट भिडियो बनाउने क्यारीमिनाती, आशिस चंचलानी लगायत
युवाहरूका करोडौँ फ्यान छन् । उनीहरूको च्यानलमा तिस मिलियन को हाराहारीमा त फलोअर
नै छन् । अहिले भर्खरै उदाएकी रोस्ट मास्टर सोनियाप्पा को च्यानलमा समेत एघार लाख
फलोअर पुगिसके –यसबाटै अनुमान लगाउन सकिन्छ कि रोस्ट को
प्रभाव कस्तो छ भनेर ।
नेपालमा भने कलाकारको सेन्स अफ ह्युमर
एकदम कमजोर रहेको देख्न सकिन्छ । यौटा सिनेमा को रोस्ट गरेको भनेर एक जना रोस्टमास्टर
लाई प्रहरीले पक्रेको विषयले पनि बजार तातेको थियो । पछि उनी छुटे र अहिले सम्म
पनि रोस्ट भिडियो बनाउन मै सक्रिय छन् । अर्का रोस्टर छन् ‘बिक्की रोस्टर’
उनको च्यानल मा पनि चार लाख जति फलोअर छन् । रोस्ट मन पराउने भएरै
त्यति धेरै फलोअरले उनको च्यानल पच्छ्याएको हुनुपर्छ ।
तर नेपाली कलाकारले व्यङ्ग्यात्मक
आलोचनाले पनि उत्पादनको प्रचार हुन्छ भन्ने कुरा बुझ्दैनन् । त्यति मात्र होइन
नेपाली कलाकारले उनीहरूको गीत सिनेमा या कुनै पनि भिडियो को आलोचना नै नहोस् भन्ने
चाहन्छन् । एक पटक गरेको रोस्ट वर्षौँ सम्म बिर्सदैनन र भेटमा तैँले मलाइ यस्तो
भनेको होइन? भनेर दुख मानी रहन्छन् ।
भारत मा त अझ आधाआधि माँ बहेन को गाली
दिने, सफ्ट
गालीहरू पुरै र फोहोर गालीहरू आधा बिप हालेर समेत मान्छेलाई नै गाली गरेर रोस्ट
गर्ने चलन छ । नेपालमा त्यसो भयो भने त साइबर क्राइम लाग्ने सम्भावना देखिन्छ । तर
अब समय आएको छ कि सर्जकहरूले उनीहरूको सिर्जनाको लागि गरिएको रोस्ट लाई व्यङ्ग्यात्मक
आलोचना हो भनेर सहज रूपमा लिनु पर्छ । त्यो विरोध होइन, आलोचना
पनि होइन । कलाकारलाई ठुलो बनाएर चाकडीको भाषामा ‘तपाइको
गीत धेरै राम्रो छ या तपाइको भिडियो धेरै राम्रो छ’ भन्ने
अभिव्यक्ति दिनु भन्दा त्यसका कमजोरी हरू लाई या सामान्य प्रस्तुति लाई समेत
व्यङ्ग्य गर्दै चुट्किला सुनाए जसरी गीतको बारेमा तारिफ नै गरेको हो त्यो भनेर
बुझ्नु पर्दछ ।
मैले केही वर्ष अगाडी बद्री पंगेनी चन्द्र शर्मा र कला लम्सालको स्वर रहेको
धानको चामल धानेको चिउरा भन्ने गीतलाई त्यस्तै मजाकिया शैलीमा आलोचना गरेको थिएँ ।
त्यसमा मेरा मुख्य चार वटा कुरामा व्यङ्ग्य गर्ने सोच थियो । पहिलो कुरा बद्री
पंगेनी र चन्द्र शर्मा दुई जनाले स्वर भर्ना रहर किन गरेको ता कि त्यो गीतको भावले
दुई गायक को स्वर डिमान्ड गरेको थिएन । दोस्रो भिडियो मेकिंग मा भएको कमजोरी कारण
डुब्न लागेको लगानी । तेस्रो नृत्य प्रधान भिडियोमा नन डान्सर नायक को
कास्टिंग र तेस्रो गायिका आफै भिडियो खेल्न गरेको रहरले भिडियो माथि भएको अन्यायको
बारेमा चर्चा गर्न लागेको थिएँ ।
अरू बोलिसकेर मैले गायिका कला लम्साल को गेट अप को बारेमा बोल्न खोज्दा उनको
टाउकोमा मजेत्रो बेरेको चित्र ठ्याक्क अगाडी आयो ! त्यसरी टाउकोमा मजेत्रो कति
बेला बेर्छन् त ? ठ्याक्क याद आयो मेलापात जाँदा
वा सुत्केरी हुँदा !! मेलापात जाँदाका मजेत्रा मैला हुन्छन् त्यो नयाँ मजेत्रो
थियो, मेकअप ले टिलिक्क परेको अनुहार माथि टाउकोमा मजेत्रो –मैले ‘सुत्केरी
लुक्स बनाएर न नाचेको भए र गीतमा प्रोफेसनल डान्सर लाई लिएको भए भिडियोको क्वालिटी
नै अर्कै बन्ने थियो ... यत्ति शब्द प्रयोग गरेको थिएँ ! यो सम्पूर्ण रूपमा
व्यङ्ग्य थियो यसमा कतै कसैलाई व्यक्तिगत रूपमा प्रहार गर्न खिजिएको थिएन तर पनि
आज पर्यन्त त्यो गीतका कलाकारहरूले बेला बेलामा तैँले हाम्रो गीतलाई नराम्रो भनेको
होइनस् ? तैँले मलाइ सुत्केरी लुक्स भनेको होइनस् भनेर चित्त
दुखाइरहनुहुन्छ !
म वहाँ सम्पूर्ण कलाकार सँग भन्न चाहन्छु, आदरणीय चन्द्र शर्मा दाजु, बैनी कला
लम्साल, निखिल दाइ लगायत निर्देशक शिव बिक लगायत सम्पूर्ण
लाई त्यो ह्युमर मात्र थियो अन्यथा न बुझिदिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।
रोस्ट भिडियो